रोम विधानलाई अनुमोदन गर्न शान्ति समाजको आग्रह

काठमाडौं । मानवअधिकार तथा शान्ति समाजले संक्रमणकालिन न्याय, मानव अधिकार लगायतका विषयमा सरकारको ध्यानाकर्षण गरेको छ ।
मंगलबार(आज) समाजको प्रतिनीधिमण्डलले कानुन, न्याय तथा संसदीय मामिला मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीसँग संक्रमणकालिन न्याय, मानव अधिकार, शान्ति एवं समसामयिक विषयमा ध्यानाकर्षण गराउँदै छलफल गरेको हो ।
सिंहदरबारमा भएको छलफलमा संक्रमणकालिन न्यायलाई तार्किक निष्कर्षमा पुर्याउन, यस सम्बन्धमा सर्वोच्च अदालतले गरेको फैसला, अन्तर्राष्ट्रिय मानव अधिकार एवं मानवीय कानुनको मर्म अनुरुप ‘बेपत्ता पारिएका व्यक्तिको छानविन र सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन’ लाई शिघ्र संसोधन गर्न शान्ति समाजले आग्रह गरेको छ ।
यसैगरी नेपाल राज्यपक्ष भएका मानव अधिकार सम्बन्धि अन्तर्राष्ट्रिय महासन्धि अनुरुप कानुन निर्माण तथा परिमार्जन तदारुकताका साथ गर्न जोड दिँदै अन्तर्राष्ट्रिय फौजदारी अदालतको रोम विधानलाई अनुमोदन गर्न समेत आग्रह गरिएको छ ।
प्रतिनिधिमण्डलमा समाजका सभापति गोविन्द खनाल, सल्लाहकार होमकान्त चौलागाई, महासचिव रामकृष्ण बराल, केन्द्रीय सदस्य कृष्णनारायण श्रेष्ठ लगायत सहभागी भएका थिए ।

प्रतिक्रिया