नेप्सेका सीईओ साउँदले दिए राजीनामा

नेपालखोज २०७८ भदौ ८ गते १८:०६

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) का प्रमुख कार्यकारी अधिकृत (सीईओ) चन्द्रसिंह साउँदले राजीनामा दिएका छन् ।

मंगलबार अर्थ मन्त्रालयमा नेपाल धितोपत्र बोर्डका अध्यक्ष भीष्मराज ढुंगानाको उपस्थितिमा उनले राजीनामा बुझाएका हुन् ।

सर्वोत्तम सिमेन्टको ‘बुक बिल्डिङ’ प्रक्रियामा रहेका बेला सोही कम्पनीमा आफ्नी श्रीमतीको नाममा सेयर किनेपछि सीईओ साउँद विवादमा मुछिएका थिए ।

नियामक निकायको नेतृत्वमा बसेर भित्री सूचनाको आधारका सेयर किनिएको भन्दै सांसदहरूले छानबिन भएर दोषीमाथि कडा हुनुपर्ने बताउँदै आएका थिए । साउँदको कार्यकाल २ महिना मात्रै बाँकी थियो ।

प्रतिक्रिया