अस्पतालको शय्याबाटै झलनाथले भने, ‘एमालेको एकता भ्रममा नअल्झिनू’

नेपालखोज २०७८ भदौ ८ गते २१:५५

काठमाडौं । प्रस्तावित नेकपा (एकीकृत समाजवादी)का वरिष्ठ नेता झलनाथ खनालले नेकपा एमाले एकताको भ्रममा अल्झेर नबस्न सुझाव दिएका छन् ।

भारको दिल्लीस्थित एपोलो अस्पतालमा उपचारत खनालले पार्टीको केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै एमालेभित्र अल्झिएर नबस्न पुराना नेता तथा कार्यकर्तालाई आग्रह गरेका हुन् ।

काठमाडौंको चन्द्रागिरिमा रिसोर्टमा भएको समाजवादी पार्टीको केन्द्रीय समिति बैठकलाई नेता झलनाथ खनालले आज भर्चुअल रूपमा सम्बोधन गरेका थिए ।

बैठकलाई संबोधन गर्दै उनले समाजवादी पार्टीलाई क्रान्तिकारी केन्द्रको रुपमा स्थापित गराउनुपर्ने बताए । खनाल उपचारपछि सोमबार स्वेदश फर्किने कार्यक्रम रहेको छ ।

प्रतिक्रिया