आइतबार, असोज २७, २०८१

१९ सदस्य मध्ये १८ जनाले लिए शपथ को को भए माननीय ?

नेपालखोज २०७६ फागुन २१ गते १५:००

काठमाडौं । राष्ट्रियसभाका नवनिर्वाचित १८ सांसदले पद तथा गोपनीयताको शपथग्रहण गरेका छन् । राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले आज ११ बजे सङ्घीय संसद् भवनको ल्होत्से हलमा उनीहरुलाई सपथ गराएका हुन् ।

नवनिर्वाचित राष्ट्रियसभा सदस्यहरु इन्दिरादेवी गौतम, गोपीबहादुर सार्की अछामी, देवेन्द्र दाहाल, तुलसाकुमारी दाहाल, राधेश्याम पासवान, शेखरकुमार सिंह, मृगेन्द्रकुमारसिंह यादव, गङ्गाकुमारी बेल्बासे, वेदुराम भुसाल, भगवती न्यौपाने, नारायणकाजी श्रेष्ठ, विमला घिमिरे, जगप्रसाद शर्मा, गोपाल भट्टराई, सुमित्रा बिसी, मायाप्रसाद शर्मा, शारदादेवी भट्ट र तारामान स्वाँरसहित १८ जनाले सपथ लिनुभयो ।

जसमा मन्त्रिपरिषद्बले मनोनीत एक सदस्यको सिफारिस सरकारले गर्न बाँकी रहेकाले एउटा कोटा भने रिक्त रहेको छ । सपथग्रहणसँगै आजैबाट राष्ट्रियसभा सदस्यहरुले औपचारिक रूपमा जिम्मेवारी पाएका छन् ।

नेपालको संवैधानिक व्यवस्थाअनुसार एक तिहाइ राष्ट्रियसभा सदस्यहरुको कार्यकाल दुई वर्षमा सकिन्छ । गोलाप्रथा बाट २ बर्षे कार्यकाल निर्धारण भएका सांसदहरु १९ जना सांसदले मंगलबार राजीनामा दिएका थिए ।

प्रतिक्रिया