नेकपा एमालेको स्थायी कमिटी बैठक बस्दै

नेपालखोज २०७८ भदौ ९ गते ६:१५

काठमाडौं । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पत्रकार सम्मेलन आयोजना गर्दैछन् ।

बिहान ११ बजे तुल्सीलाल स्मृति भवनमा पत्रकार सम्मेलन गर्ने तयारी भएको एमाले कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिए ।

स्थायी कमिटी बैठकका निर्णय र पार्टी जीवनमा देखिएको पछिल्लो अवस्थाको बारेमा ओलीले पत्रकार सम्मेलन मार्फत जानकारी दिन लागेका हुन् ।

आजै एमालेबाट फुटेको प्रस्तावित नेकपा (एकीकृत समाजवादी) पार्टीका नेताहरुलाई सनाखतको लागि निर्वाचन आयोगले बोलाएको छ ।

प्रतिक्रिया