शनिबार, असार १४, २०८२

अमेरिकी गुप्तचर निकाय सीआईएका प्रमुख र तालिबान नेताबीच काबुलमा गोप्य भेट

नेपालखोज २०७८ भदौ ९ गते १०:४३

काठमाडाैं । अमेरिकाको केन्द्रीय गुप्तचर निकाय सीआईएका प्रमुखले तालिबानका नेतासँग सोमवार गोप्य भेट गरेको स्रोतहरूले अमेरिकी सञ्चारमाध्यमलाई बताएका छन् ।

तर तालिबान र सीआईए कसैले पनि विलिअम बर्न्स र मुल्लाह बरादरबीच भएको भनिएको भेटबारे पुष्टि नगरेकाे बीबीसीले जनाएकाे छ ।

अमेरिकी राष्ट्रपति जो बाइडेनले अगस्ट ३१ भित्र अमेरिकी सेनाले अफगानिस्तान छोडिसक्न समयसीमा तोकेका छन् । यूकेसहित अन्य साझेदार राष्ट्रले उक्त समयसीमा लम्ब्याउन चाहेका छन् ।

सन् २००१ को सेप्टेम्बर ११ मा अमेरिकामा आतङ्कवादी आक्रमण भएपछि अमेरिकी सेनाले अफगानिस्तानमा आक्रमण गरेको थियो । त्यतिबेलादेखि नै अमेरिकी सेनाको अफगानिस्तानमा उपस्थिति छ ।

स्रोतहरूलाई उद्धृत गर्दै न्यूयोर्क टाइम्स, वाशिङ्टन पोस्ट, असोशीएटिड प्रेस तथा एनपीएसहितका सञ्चारमाध्यममलाई स्रोतहरूले सीआईए र तालिबानको बैठकबारे समाचार सम्प्रेषण गरेका छन् । बीबीसी

प्रतिक्रिया