ठमेलका स्पा सेन्टर गुणस्तरीय छन् : व्यवसायी

काठमाडौं । काठमाडौंको ठमेलमा सञ्चालन भईरहेको स्पा सेन्टरहरु मानव स्वास्थ्यलाई शारिरिक र मानसिक रुपमा स्फूर्ती बनाउने दोस्रो अस्पतालको रुपमा रहेको व्यवसायीहरुले बताएका छन् ।
स्पा थेरापी आर्युवेदिक र योगाको शैली अपनाएर उपचार गरिने एक विधी हो । आज ठमेल स्थित एक होटलमा भएको अन्तरक्रिया कार्यक्रममा स्पा संघ नेपालका अध्यक्ष शुभलाल थिङले मानिसको स्वास्थ्यलाई उर्जाशील र तन्दुरुष्ट बनाउने पेशाकोरुपमा लिनुपर्ने बताए ।
पछिल्लो समयमा स्पा क्षेत्रमा देखिएको विकृतिलाई न्यूनिकरण गर्न स्पा सेन्टरलाई मार्यदित र व्यवसायिक बनाउन सबै व्यवसायीहरु लाग्नुपर्नेमा जोड दिए । अध्यक्ष थिङले स्पा मनोरञ्जन क्षेत्र नभई स्वास्थ उपचार केन्द्रको रुपमा बुझ्न आग्रह गरेका छन् । कोभिड –१९ को मारमा परेका व्यवसायहरु मध्ये स्पा क्षेत्र पनि जटिल अवस्थामा पुगेको भन्दै सम्बन्धित निकायले यथाशिघ्र सञ्चालन गर्ने अनुमति दिनुपर्ने माग राखेका छन् ।
‘कोभिड नियन्त्रणमा स्पा क्षेत्रको भूमिका’ विषयक अन्तरक्रिया कार्यक्रममा कोभिड र निषेधाज्ञाका कारण घरमै बस्नु परेका दीर्घाकालीन रोगका विरामी र शारिरिकरुपमा व्यवयाम गर्न नपाउने व्यक्तिहरुका उपचारमा मानसिक र शारिरिक रुपमा स्वस्थब नाउने र सकारात्मक सोचको विकास गराउने भएकाले स्पाले महत्वपूर्ण भूमिका खेल्न सक्ने अध्यक्ष थिङको भनाई थियो ।
त्यस्तै काठमाडौँका प्रमुख अशोक सिंहले स्पा व्यवसायीहरुको मागको सम्बोधन गर्दै थप व्यवस्थित र स्वास्थ्य मापदण्ड अपनाएर सञ्चालन गर्नका लागि जिल्ला प्रशासन कार्यालयसंग सहजीकरण गर्ने प्रतिवद्धतता ब्यक्त गरेका छन् । उनले स्पाको नाममा विकृति ल्याउने र अपराधिक गतिविधि गर्नेहरुलाई निरुत्साहित बनाउन सबैले हातेमालो गर्नुपर्ने बताए ।
प्रहरी संगठनकै केही व्यक्तिहरुलाई व्यवसायी गर्नेमाथि गरेको दुरव्यवहार बारे सम्बोधन गर्दै अब कुनै प्रहरीले गलत काम गर्छन् भने सिधै आफुलाई जानकारी गराउन जोकोही भएपनि कारवाही गरिने बताए ।
एसएसपी सिंहले कोभिडसंग लड्न सामुहिक सोचका साथ अघि बढ्न आग्रह गरे । हाल काठमाडौँभित्र ६० प्रतिशतसम्म कोरोना संक्रमण दर रहेको उल्लेख गर्दै त्यसको न्यूनिकरणमा सबै नागरिक जिम्मेवारी बन्नुपर्ने बताए ।
प्रतिक्रिया