मुख्य प्रशिक्षक अल्मुताइरीलाई सचेत गराउन सिफारिस

नेपालखोज २०७८ भदौ ९ गते २२:१०

काठमााडौं । फुटबल विवादबारे राष्ट्रिय खेलकूद परिषद् (राखेप)ले बनाएको छानविन समितिले नेपाली राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीलाई सचेत गराउन सिफारिस गरेको छ ।

समितिले राखेपका सदस्य सचिव रमेशकुमार सिलवाललाई आज (बुधबार) आफ्नो प्रतिवेदन बुझाएको हो । समितिले फुटबलमा विवाद सिर्जना हुने कुनै पनि गतिविधि नगर्न अलमुताइरीलाई सचेत गराउन उक्त प्रतिवेदनमा सिफारिस गरेको हो ।

समितिले मुख्य प्रशिक्षक अलमुताइरीलाई अखिल नेपाल फुटबल (सङ्घ) एन्फासित भएको सम्झौताअनुसार नै गतिविधि गर्न सुझाव दिएको छ । विवाद सिर्जना हुने कुनै किसिमको गतिविधि नगर्न अलमुताइरीलाई सिफारिस गरिएको प्रतिवेदनमा उल्लेख छ ।

एन्फाका सम्पूर्ण पदाधिकारी, अफिसियल, प्रशिक्षकलगायतलाई आफ्नो पदीय मर्यादालाई ध्यानमा राखेर कार्य गर्न समितिले निर्देशन गरेको छ । खेलकूद क्षेत्रलाई धुमपान र मध्यपान निषेधित क्षेत्र बनाउनुपर्नेमा उक्त प्रतिवेदनमा जोड दिइएको छ ।

सञ्चारमाध्यम र सामाजिक सञ्जालमा कोही कसैलाई लक्षित गरेर धारणा राख्न अलमुताइरीलाई रोक्नुपर्ने प्रतिवेदनमा उल्लेख गरिएको छ।

प्रतिक्रिया