प्रदेश १, २, वाग्मती, गण्डकी तथा लुम्बिनीका केही स्थानमा हल्कादेखि मध्यम वर्षा

काठमाडौं । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले नेपालमा मनसुनी वायुको प्रभाव सामान्य रहेको जनाएको छ । मनसुनको न्यून चापीय रेखा नेपालको तराई भू-भागको नजिक छ । हाल देशभर सामान्यदेखि पूर्ण बदली रही प्रदेश १, २, वाग्मती, गण्डकी तथा लुम्बिनी प्रदेशका केही स्थानमा तथा अन्य प्रदेशका एक-दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम खालको वर्षा भइरहेको छ।
महाशाखाका अनुसार आज (बिहीबार) दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । प्रदेश १, २, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानमा मेघ गर्जन/चट्याङसहित भारी वर्षाको सम्भावना छ । प्रदेश २, गण्डकी र लुम्बिनी प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना छ । राति भने देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । प्रदेश १, २, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
यस्तै भोलि (शुक्रबार) दिउँसो देशको अधिकांश भू-भागमा सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । प्रदेश १, २, वाग्मती, गण्डकी तथा लुम्बिनी प्रदेशको केही र सुदूरपश्चिम तथा कर्णाली प्रदेशका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङसहित भारी वर्षाको सम्भावना छ । महाशाखाका अनुसार उक्त प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना पनि छ । राति भने देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । प्रदेश १, गण्डकी, लुम्बिनी , कर्णाली तथा सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा मेघ गर्जन/चट्याङसहित भारी र बाँकी प्रदेशका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङसहित भारी वर्षाको सम्भावना छ ।
पर्सि (शनिबार) दिउँसो देशका अधिकांश भू-भागमा सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । प्रदेश १, गण्डकी, लुम्बिनी , कर्णाली तथा सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा मेघ गर्जन/चट्याङसहित भारी वर्षा र बाँकी प्रदेशका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङसहित भारी वर्षाको सम्भावना छ । राति भने देशभर सामान्य देखि पूर्ण बदली रही धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । गण्डकी, लुम्बिनी , कर्णाली तथा सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङसहित भारी वर्षाको सम्भावना छ ।
यस्तै जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले प्रदेश १, २, वाग्मती, गण्डकी, लुम्बिनी प्रदेशका थोरै स्थान र बाँकी प्रदेशका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङसहित भारी वर्षाको सम्भावना छ । यस्तै प्रदेश १, २, गण्डकी, सुदूरपश्चिम र लुम्बिनी प्रदेशका एक वा दुई स्थानमा मेघ गर्जन/चट्याङसहित भारी वर्षाको सम्भावना रहेकाले पहाडी भू-भागमा भूक्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेको महाशाखाले जनाएको छ । यसकारण नदीनाला र खहरे खोलामा पानीको सतह बढ्न सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले सबैमा अनुरोधसमेत गरेको छ ।

प्रतिक्रिया