‘हिम्मत नभएकाहरु थन्किएर बस्छन्’

नेपालखोज २०७८ भदौ १० गते १४:५६

काठमाडाैं । नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष माधवकुमार नेपालले हिम्मत नभएकाहरु थन्किएर बस्ने बताएका छन् । आफूले नयाँ पार्टी बनाउँदै गर्दा दोस्रो पुस्ता भनिएकाहरुले छाडेर गएको सन्दर्भमा अध्यक्ष नेपालले यस्ताे बताएका हुन् ।

नेपाल पक्षमा लागेका १० जना स्थायी कमिटी सदस्यहरु नयाँ पार्टी बनाउने कुरामा असहमति जनाउँदै एमालेमा नै फर्किएका छन् । 

‘हिम्मत नभएका थन्किन्छ्न, क्रान्तिकारी चेत भएकाहरु नयाँ आन्दोलनमा जुट्छन्’, उनले भने, ‘हामी कम्युनिस्ट पार्टीको पुनर्गठन गर्दै क्रान्तिकारी बनाउने महत्त्वपूर्ण पाइला चालिरहेका छौँ ।’

प्रतिक्रिया