ऐतिहासिक नीलबाराही नाच ! (फाेटाे फिचर)
नेपालखोज
२०७८ भदौ १० गते १८:३७

काठमाडाैं । विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९) महामारी बीच मध्यपुर थिमि बोडेमा प्रत्येक वर्ष गाईजात्राको भोलिपल्टदेखि नाचिने ऐतिहासिक नीलबाराही नाच प्रस्तुत गर्दै देवगण ।

गाईजात्राको भोलिपल्टदेखि चार दिनसम्म प्रत्येक राति १० बजेदेखि बिहान करिब ८ बजेसम्म बोडेको लाछिटोल, लायकू, भांगु, खाँसी, महालक्ष्मीस्थानलगायतका ठाउँमा यो नाच देखाइन्छ । यो नाचमा भैरव एक, बाराही चार, गणेश चार, कुमारी चार, सिंह चार र द्वारपाल दुुई गरी १९ देवगण रहन्छन् ।







तस्बिरहरू : रासस
सम्बन्धित
प्रतिक्रिया