२ हजार ४३३ जनामा संक्रमण पुष्टि, २६ जनाको मृत्यु

नेपालखोज २०७८ भदौ १० गते १९:०८

काठमाडौं । नेपालमा थप २ हजार ४ सय बढीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

पछिल्लो चौबीस घण्टामा २ हजार ४ सय ३३ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । देशभरका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा एन्टिजेनबाट ३८१ र पीसीआरबाट २ हजार ५२ जनामा कोभिड पुष्टि भएको हो ।

पछिल्लो २४ घन्टामा थप २६ जना संक्रमितको ज्यान गएको छ । बिहिबार १९ सय २९ जना संक्रमणमुक्त भएका छन् ।

हाल देशभर सक्रिय संक्रमितको संख्या ३८ हजार ३८४ रहेको मन्त्रालयले जनाएको छ । देशभर अझै ६२० जनाको आइसीयू र १६५ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।

प्रतिक्रिया