केही व्यक्तिको स्वार्थको कारण पार्टी फुट्यो : ओली
नेपालखोज
२०७८ भदौ १० गते १९:३३

काठमाडौं । नेकपा(एमाले)का अध्यक्ष केपी शर्मा ओलीले केही व्यक्तिको स्वार्थका कारण पार्टी फुटेको दाबी गरेका छन्।
बिहीबार बसेको एमाले केन्द्रीय कमिटीको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले केही व्यक्तिको स्वार्थ र अहंकारका कारण पार्टी फुटेको जिकिर गरे ।
आन्दोलन हाँक्ने अभिभारा, काँधको जिम्मेवारी र जनताका सामु गरिएका प्रतिवद्धताहरु भुलेर पार्टी फुटाइएको ओलीले स्पष्ट पारे ।
एमालेलाई केन्द्र, प्रदेश, जिल्लादेखि स्थानीय तहसम्म कमजोर पार्न लागिएको उनको भनाइ थियो । अध्यक्ष ओलीले आफुहरु हिडेको बाटो गलत नभएको जिकिर गरे ।
सम्बन्धित

प्रतिक्रिया