लोसपाको पहिलो कार्यकारिणी समितिको निर्णय सार्वजनिक

नेपालखोज २०७८ भदौ १० गते २१:०७

काठमाडौं । निर्वाचन आयोगबाट दल दर्ताको प्रमाणपत्र पाएपछि लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) को कार्यकारिणी समितिको पहिलो बैठक बसेको छ ।

बिहीबार पार्टी कार्यालय बबरमहलमा बसेको पार्टीको केन्द्रीय समितिको बैठकले प्रदेश र स्थानीय तहको जनप्रतिनिधिलाई निर्वाचन कार्यालयमा स्वघोषणा गराउने विषयमा छलफल भएको छ ।

बैठकपछि सञ्चाकर्मीसँगको कुराकानीमा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का कार्यकारिणी समिति सदस्य केशव झाले बदलिदो परिस्थिति सँगै जनतामा कसरी जाने भन्ने विषयमा पनि छलफल भएको बताए । उनले बैठकमा आन्तरिक रुपमा सांगठनिक संरचना कसरी बनाउने र कुन प्रक्रियामा बनाउने भन्ने विषयमा छलफल भएको जानकारी दिए ।

सदस्य झाले समसामयिक राजनीतिक परिवेश लगायतका विषयमा बैठकमा छलफल भएको जानकारी दिए । दल दर्ता पछि पहिलो पटक बसेको बैठकमा ३३ जना सदस्य नै उपस्थित भएका थिए । बैठकमा दल दर्ता हुने बित्तिकै २१ दिन भित्रमा प्रदेश र स्थानीय तहको जनप्रतिनिधिहरुलाई निर्वाचन कार्यालयमा स्वघोषणा गराउनुपर्नेछ ।

स्थानीय तहको लागि जिल्ला निर्वाचन कार्यालयमा र प्रदेश सदस्यहरुको लागि प्रादेशकि निर्वाचन कार्यालयमा एउटा अनुसूची अनुसार बनाउनुपर्ने हुन्छ । सदस्य झाले आफूहरु दलबिहीन भएको अवस्थामा पार्टी विभाजन सम्बन्धी विधेयक ल्याएर सरकारले ठूलो सहयोग गरेको बताए ।

प्रतिक्रिया