समाजवादी प्रेस नेपालको संयोजकमा शम्भु श्रेष्ठ
नेपालखोज
२०७८ भदौ १० गते २२:४०

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) सम्बद्ध पत्रकार संगठनको नाम समाजवादी प्रेस नेपाल तय भएको छ । संगठनका नेता विश्वमणि सुवेदीको अध्यक्षता सम्पन्न भेलाले संगठनको तदर्थ समितिको संयोजकमा वरिष्ठ पत्रकार शम्भु श्रेष्ठलाई तोकेको छ । उनले तत्कालीन प्रेस चौतारीको तीन कार्यकाल अध्यक्षको जिम्मेवारी सम्हालेका थिए ।
उक्त समितिले दुई साताभित्र राष्ट्रिय भेला आयोजना गरी केन्द्रीय समितिलाई पूर्णता दिनेछ । भेलामा नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल, नेताहरु राजेन्द्र पाण्डे, जीवनराम श्रेष्ठ, डा. विजय पौडेल, प्रेस चौतारीका पूर्वअध्यक्ष बालकृष्ण चापागाईं, वरिष्ठ पत्रकार किशोर श्रेष्ठलगायत सहभागी थिए । -रासस
सम्बन्धित

प्रतिक्रिया