नेपाली कलाकार समाज (इनास) को दशौं वर्ष प्रवेश

नेपालखोज २०७८ भदौ ११ गते ५:५३

काठमाडौं । अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज (इनास) दशौं वर्षमा प्रवेश गरेको छ ।

नेपाली भाषा, कला र संस्कृतिको संवर्द्धन तथा प्रवर्द्धनका लागि स्थापति अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज (इनास) International Nepalese Artists Society (INAS) आजबाट दश वर्षमा प्रवेश गरेको इनास अमेरिकाका अध्यक्ष कन्हैयासिंह परियारले जनाएका छन् ।

‘सन् २०१२ अगत २६ का दिन पोल्यान्डको वार्सा सहरबाट सुरु भएको इनास अहिले लगभग विश्वभर स्थापित भएको छ,’ इनास अमेरिकाका अध्यक्ष कन्हैयासिंहले भनेका छन् । उनले इनास विस्तारको क्रम जारी रहेको पनि जनाए ।

इनासले नेपाली भाषा, कला र संस्कृतिको प्रवर्द्धन, कलाकारहरुको हित एवं नेपाली चलचित्रको प्रवर्द्धनमा समेत प्रत्यक्ष एवं परोक्ष रुपमा उच्च योगदान पुर्‍याएको छ । यसले मातृभूमिमा परेका विपतहरुमा सहयोगका लागि अग्रभागमा रहेर उल्लेख्य कार्य गर्दै आएको छ । अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज (इनास) को संस्थापक अध्यक्ष पुष्प बरुवाल हुन् ।

सहयोगका कार्यमा विश्वभरका राज्य, राष्ट्रिय, महादेशीय (क्षेत्रीय), ग्लोबल तथा विषयगत सबै समितिहरु उत्तिकै अग्रसर भएर निरन्तर लागिपरेको इनास अमेरिकाका अध्यक्ष कन्हैयासिंह बताउँछन् ।

प्रतिक्रिया