दुई नयाँ दल दर्ताको पत्र संसद् सचिवालयमा
नेपालखोज
२०७८ भदौ ११ गते १५:३१

काठमाडौं । निर्वाचन आयोगले नवगठित नेकपा (एकीकृत समाजवादी) र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)ले राष्ट्रिय मान्यता प्राप्त दलको रुपमा दर्ता भएको पत्र संसद सचिवालयमा पठाएको छ ।
आयोगले शुक्रबार(आज) संसद सचिवालयमा पत्र पठाएको हो । निर्वाचन आयोगको पत्र सचिवालयमा पुगेपछि संसदभित्र पनि नेकपा (एकीकृत समाजवादी) र लोसपाले छुट्टै संसदीय दलको रुपमा मान्यता प्राप्त गर्नेछन् ।
दुवै दलले बुधबार निर्वाचन आयोगमा सनाखत गरेपछि दलको मान्यता पाएका हुन् । दुबै दलले मान्यता पाएसँगै संसदमा राष्ट्रिय मान्यता प्राप्त दलको संख्या ६ पुगेको छ ।
सम्बन्धित

प्रतिक्रिया