प्रधानसेनापतिमा प्रभुराम शर्मा नियुक्त
नेपालखोज
२०७८ भदौ ११ गते १८:४८

काठमाडौं । प्रभुराम शर्मा प्रधानसेनापतिमा नियुक्त भएका छन् ।
राष्ट्रपति विद्यादेवी भण्डारीले कायममुकायम प्रधानसेनापति प्रभुराम शर्मालाई प्रधानसेनापतिमा नियुक्त गरेकी हुन् ।
नेपालको संविधानको धारा २६७ को उपधारा (५) बमोजिम मन्त्रीपरिषद्को सिफारिसमा हाल नेपाली सेनाको कायममुकायम जिम्मेवारी सम्हाल्दै आएका बालाधिकृत रथी प्रभुराम शर्मालाई प्रधानसेनापतिमा नियुक्त गरेकी हुन् ।
प्रधानसेनापति पूर्णचन्द्र थापाको तीन वर्षे पदावधि आउँदो भदौ २४ गते सकिँदैछ ।
पदावधि समाप्त हुने एक महिना अघि अर्थात साउन २५ गतेदेखि उनी घरविदामा बस्ने हुनाले जेष्ठताका आधारमा शर्मा कायममुकायम प्रधानसेनापति नियुक्त भएका थिए ।

सम्बन्धित

प्रतिक्रिया