प्रदेश १ मा मन्त्रिपरिषद् विस्तार
नेपालखोज
२०७८ भदौ ११ गते २०:४२

काठमाडौं । प्रदेश नं १ का मुख्यमन्त्री भीम आचार्यले मन्त्रिपरिषद विस्तार गरेका छन् ।
शुक्रबार साँझ गरिएको मन्त्रिपरिषद विस्तारमा उद्योग, पर्यटन, वन तथा वातावरणमा लछुमन तिवारी र सामाजिक विकास मन्त्रीमा बलबहादुर साम्सोहाङ छन् ।
प्रदेश नं १ प्रदेश प्रमुख सोमनाथ अधिकारी ‘प्यासी’ले मुख्यमन्त्री आचार्यको सिफारिसमा संविधानको धारा १६८ को उपधारा९९० बमोजिम मन्त्रिपरिषद् विस्तार र कार्य विभाजन गर्नुभएको हो ।
प्रदेश प्रमुख अधिकारीले नव नियुक्त मन्त्रीहरुलाई पद तथा गोपनियताको शपथ गराउनुभयो ।
सम्बन्धित

प्रतिक्रिया