कांग्रेसद्वारा ४८ जिल्लाका क्रियाशील सदस्यताको नामावली प्रकाशन

काठमााडौं । सत्तारुढ नेपाली कांग्रेसले १४ औँ महाधिवेशनका लागि ४८ जिल्लाका क्रियाशील सदस्यताको नामावली प्रकाशित गरेको छ।
केन्द्रीय क्रियाशील सदस्यता छानबिन समितिले कार्यसम्पन्न गरेका क्रियाशील सदस्यहरुको सूची आज (शुक्रबार) प्रकाशित गरिएको हो । कांग्रेस केन्द्रीय निर्वाचन समितिले निर्वाचन निर्देशिका २०७८ को दफा १ (ख) बमोजिम बिहीबार ३८ जिल्ला र शुक्रबार १० जिल्लाका क्रियाशील सदस्यको नामावली पार्टीको वेबसाइटमा प्रकाशित गरेको हो।
निर्वाचन समितिले भदौ १० गते ताप्लेजुङ, पाँचथर, इलाम, सङ्खुवासभा, तेह्रथुम, खोटाङ, सोलुखुम्बु, ओखलढुङ्गा, उदयपुर, झापा, दोलखा, रामेछाप, सिन्धुली, भक्तपुर, गोरखा, लमजुङ, तनहुँ, कास्की, मनाङ, मुस्ताङ, पर्वत, स्याङ्जा, म्याग्दी, नवलपुर ९बर्दघाट सुस्तापूर्व०, नवलपरासी ९बर्दघाट सुस्ता पश्चिम०, रूपन्देही, पाल्पा, रूकुम (पूर्वी भाग), रोल्पा, रूकुम ९पश्चिम भाग, जुम्ला, मुगु, हुम्ला, बझाङ, डोटी, दार्चुला, बैतडी र कञ्चनपुरको क्रियाशील सदस्यताको नामावली प्रकाशित गरेको थियो।
यसैगरी भदौ ११ गते समितिले धनकुटा, भोजपुर, गुल्मी, प्यूठान, दाङ, सल्यान, कालीकोट, जाजरकोट, दैलेख, दाङ, सल्यान, कालीकोट, जाजरकोट, दैलेख, अछामको क्रियाशील सदस्यताको नामावली प्रकाशित गरेको जनाइएको छ ।
कांग्रेसले भदौ १८ गतेदेखि तल्लो तहको अधिवेशन गरी आगामी मंसिर दोस्रो सातासम्म केन्द्रीय महाधिवेशन सम्पन्न गर्ने कार्यतालिका रहेको छ ।
कांग्रेसमा महाधिवेशनको मिति नजिकिएसँगै गुटगत भेला समेत तिब्र भएको छ । पछिल्लो समय सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल,विमलेन्द्र निधी लगायतले गुटगत भेला गरिरहेका छन् ।

प्रतिक्रिया