प्रदेश १, २, वाग्मती, गण्डकी, कर्णाली तथा सुदूरपश्चिमका केही स्थानमा हल्कादेखि मध्यम वर्षा

नेपालखोज २०७८ भदौ १२ गते ७:२४

काठमाडौं । मनसुनको न्यूनचापीय रेखा नेपालको तराई भू–भाग नजिक रहँदा देशभर केही दिनदेखि देशभर पानी परीरहेकाे छ । हाल नेपालमा मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्युन चापिय रेखा नेपालको तराई भू-भाग नजिक रहेको छ ।

हाल देशभर सामान्य देखि पूर्ण बदली रहेको छ । सबै प्रदेशका केही- केही स्थानहरूमा मेघगर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षा भइरहेको छ ।

आज दिउँसो देशका अधिकांश भू–भागमा सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

प्रदेश नं १, प्रदेश नं २, वाग्मती प्रदेश, गण्डकी , कर्णाली तथा सुदुरपश्चिम प्रदेशका थोरै स्थानमा मेघ गर्जन/चट्याङ्ग सहित भारी/धेरै भारी र बाकी प्रदेशका एक-दुई स्थानहरुमा मेघ गर्जन/चट्याङ्गसहित भारी वर्षाको सम्भावना रहेको छ ।

आज राति देशभर सामान्य देखि पूर्ण बदली रही धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश नं १, वाग्मती, गण्डकी, लुम्बिनी , कर्णाली तथा सुदुरपश्चिम प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जन/चट्याङ्ग सहित भारी वर्षाको सम्भावना रहेको छ ।

प्रतिक्रिया