क्रिस्टियानो रोनाल्डो युभेन्ट्स छाेडेर म्यानचेस्टर युनाइटेडमा
नेपालखोज
२०७८ भदौ १२ गते ९:०४

काठमाडाैं । दिग्गज फुटबलर , पाेर्चुगलका सुपरस्टार क्रिस्टियानो रोनाल्डो म्यानचेस्टर यूनाइटेडसँग आवद्ध भएका छन् । उनले युवेन्टस क्लबकाे साथ छोडेका हुन् ।
३६ वर्षका रोनाल्डोले हिजाे युवेन्टस क्लबकाे टीमका साथी खेलाडिहरु सँग अन्तिम पटक मैदानमा अभ्यास गरे ।रोनाल्डो आज शनिबार हुने एम्पोलीसँगकाे म्याचमा युवेन्टसकाे टिममा देखिने छैनन् ।
रोनाल्डो इटलीकाे क्लब युवेन्टस सँग २०१८ देखि आबद्ध थिए । याे क्लबका लागि उनले ९८ खेलमा ८१ गाेल गरे । बेलायतकाे ठुलाे क्लबमध्ये एक म्यानचेस्टर यूनाइटेडले याे खबरकाे पुष्टि गर्दै वक्तब्यसमेत जारी गरेकाे छ । म्यानचेस्टर यूनाइटेडसँग क्रिस्टियानो रोनाल्डोकाे याे दाेस्रो ईनिङ हाे ।
सम्बन्धित
प्रतिक्रिया