शनिबार, वैशाख २२, २०८१

काबुल घटनापछि आईएसआईएसविरुद्ध अमेरिकी हमला, ड्रोनबाटै बमबारी

नेपालखोज २०७८ भदौ १२ गते ९:२८

काबुल । अफगानिस्तानको राजधानी काबुलमा बम बिस्फोट गराउने आतकंकारी संगठन आईएसआईएसविरुद्ध अमेरिकाले ठूलो कारबाही सुरु गरेको छ ।

अमेरिकाले अफगानिस्तानमा आईएसआईएसको अखडाहरुमा ड्रोनले हमला गरेको बताइन्छ । अस्तिको काबुल ब्लास्टमा एक दर्जन अमेरिकी सैनिकबाहेक १०० भन्दा बढि मानिस मारिएका थिए ।

आईएसआईएसको उक्त हमला पछि अमेरिकाका राष्ट्रपति जो बाइडेनले हमलावरहरुलाई नछोड्ने प्रतिबद्धता व्यक्त गरेका थिए । काबुल विमानस्थल बाहिरको आत्मघाती हमला पछि अमेरिकाले अफगानिस्तानमा भएका आईएसआईएसका अखडाहरुमा गरेको आक्रमणमा परि काबुल ब्लास्टको मास्टरमाइन्ड मारिएको समाचारमा जनाइएकाे छ ।

अमेरिकाले गए राति अफगानिस्तान-पाकिस्तान सीमानजिकको नगरहार प्रान्तमा बमबारी गरेको थियो । काबुल विस्फोटमा आफ्ना नागरिक मारिएपछि अमेरिका तिलमिलाएको थियो । राष्ट्रपति बाइडेनमाथि उक्त हत्याको बदला लिने ठूलो दबाब सिर्जना भएको थियो ।

प्रतिक्रिया