प्रतिक्रियावादीसँग मिलेर नेपालले पार्टी ध्वस्त बनाए : ओली
नेपालखोज
२०७८ भदौ १२ गते १४:०२

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले महासागरको जस्तो पार्टी छोडेर प्रतिक्रियावादीसँग मिलेर पार्टीलाई ध्वस्त पारेको आरोप लगाएका छन् ।
ललितपुरको लुभुमा शनिबार आयोजित युवा संघको कार्यक्रममा ओलीले भने, ‘महासागरको जस्तो पार्टीलाई छोडेर प्रतिक्रियावादीसँग मिलेर पार्टीलाई ध्वस्त पार्न माधव कमरेड लाग्नुभयो ।’ नेपालले सूर्य चिह्नलाई धक्का दिएको आरोप पनि ओलीले लगाए ।
नेपाललाई सम्झाउन-बुझाउन खोज्दा पनि आफू थाकिसकेको उनको भनाइ थियो । ‘मैले सम्झाउँदा दुनियाँ सम्झिन्छ । माधव कमरेड सम्झिनुभएन,’ उनले भने ।
ओलीले नेकपा एमालेले देशको दिशानिर्देश गर्ने पार्टी भएको पनि बताए । उनले जनादेशबाट आफ्नो सरकार नहटेको भन्दै जालझेलबाट हटाइएको दाबी गरे ।
सम्बन्धित

प्रतिक्रिया