शुक्रबार, जेठ ३, २०८२

क्रिप्टोकरेनन्सीमा उच्छल, आजको भाउ कति ?

नेपालखोज २०७८ भदौ १२ गते १८:५३

काठमाडौं । त्यसो त नेपालमा क्रिप्टोकरेन्सीले वैधानिक मान्यता प्राप्त गरेको छैन । तर यहाँ यो ग्लोबल मनीको अनौपचारिक कारोबार बढ्दो छ । भनिन्छ- क्रिप्टोकरेन्सीको कारोबारमा संलग्न नेपालीहरुको राम्रै जमात तयार भइसकेको छ ।

अब कुरा गरौं यसको बजारको, अन्तर्राष्ट्रिय बजारमा आज शनिबार (२८ अगस्त २०२१) यसको कारोबारमा बढोत्तरी देखिएको छ । ग्लोबल क्रिप्टोकरेन्सीको मार्केट अहिले २.११ ट्रिलियन डलर पुगिसकेको छ । पछिल्लो चौबीस घण्टामा यसमा ४.८७ प्रतिशतले वृद्धि भएको बताइन्छ । संसारकै सबैभन्दा ठूलो क्रिप्टोकरेन्सी कम्पनी बिटक्वाइनमा आज बढोत्तरी देखिएको छ । बिटक्वाइन क्रिप्टोकरेन्सीको मार्केट प्राइसमा आज ३.६२ प्रतिशत वृद्धि देखिएको हो । बिटक्वाइनको मार्केट प्राइस ४९०९६.७१ डलर छ ।

यो साताको सुरुमै बिटक्वाइनमा जबरदस्त तेजी देखिएको थियो । यसले तीन महिनायता पहिलोपटक ५० हजार डलरभन्दा माथि ट्रेड गरेको छ । मे महिनापछि पहिलोपटक बिटक्वाइनमा यति तेजी देखिएको हो । अप्रिलमा यसले ६५ हजार डलरभन्दा माथि ट्रेड गरिरहेको थियो ।

यसका अतिरिक्त अरु क्रिप्टोकरेन्सी कम्पनीको बजारमा उतार-चढावको क्रम जारी छ । आज Dogecoin क्रिप्टोकरेन्सिमा ८.४१ प्रतिशतको तेजी देखियो भने यसले ०.३० डलरमा ट्रेड गरिरहेको छ । यसैगरी अर्को क्रिप्टोकरेन्सी Ether मा ०.५२ प्रतिशतको गिरावट देखिएको छ । यसले ३२५२.४६ डलरमा ट्रेड गरिरहेको छ । Stellar, Uniswap, XRP, Litecoin, Cardano जस्ता क्रिप्टोकरेन्सी कम्पनीको सेयरमा पनि उतारचढाव देखिएको छ ।

क्रिप्टोकरेन्सी Cardano मा १०.२७ प्रतिशतको वृद्धि दर्ता भएको छ र यसले २.८६ डलरमा ट्रेड गरिरहेको छ । Binance Coin ले १.२७ प्रतिशत वृद्धिका साथ ४८९.३८ डलरमा ट्रेड गरिरहेको छ । यता अर्को क्रिप्टोकरेन्सी Polkadot मा ६.३५ प्रतिशत गिरावट देखिएको छ । यसले २६.२४ डलरमा ट्रेड गरिरहेको छ । क्रिप्टोकरेन्सी Solana मा १०.४५ प्रतिशतको ठूलो वृद्धि आएको छ । Solana ले ८७.९० डलरमा ट्रेड गरिरहेको छ ।

प्रतिक्रिया