कांग्रेसमा थप ५ जिल्लाका क्रियाशील सदस्यको नामावली सार्वजनिक

नेपालखोज २०७८ भदौ १२ गते १९:५७

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय निर्वाचन समितिले थप पाँच जिल्लाको क्रियाशील सदस्यको सूची सार्वजनिक गरेको छ ।

समितिले कार्यसम्पन्न गरेका पाँच जिल्लाका क्रियाशील सदस्यको नामवली सार्वजनिक गरिएको समितिक संयोजक महादेव प्रसाद यादवले जानकारी दिए ।

योसँगै क्रियाशील सदस्यको सूची सार्वजनिक हुने जिल्लाको संख्या ५३ पुगेको छ । समितिले नुवाकोट, धादिङ, चिवतन, ललितपुर र अर्घाखाँचीका क्रियाशील सदस्यहरूको नामावली सार्वजनिक गरेको जनाएको छ ।

यी जिल्लाहरूमा निर्वाचन अधिकृत पनि खटाइएको कांग्रेसले जनाएको छ । शुक्रबार राति र शनिबार बिहानदेखि प्रकाशमान सिंहको निवास चाक्सीबारीमा भएको छलफलले पार्टीको सम्पूर्ण ध्यान महाधिवेशनमा लगाउनुपर्नेमा सहमति भएको थियो ।

प्रतिक्रिया