पार्टी एकढिक्का नभए कांग्रेसले चुनाव जित्दैन : शंकर भण्डारी
नेपालखोज
२०७८ भदौ १२ गते २१:१२

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्वमन्त्री शङ्कर भण्डारीले पार्टी एकढिक्का नभएसम्म आगामी चुनाव जित्न नसकिने बताएका छन् ।
कांग्रेस शुक्लागण्डकी नगरपालिका–५ मा आज आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्दै पूर्वमन्त्री भण्डारीले आगामी चुनावमा पार्टी एक ढिक्का हुनुपर्नेमा जोड दिए ।
विगतमा जस्तो अवस्था अब हुन नहुने भन्दै उनले चुनावमा सबै सिट जित्नका लागि कांग्रेस कार्यकर्ता सक्रिय हुनुपर्ने सुनाए ।
भण्डारीले जिल्लामा कुनै नेतासँग नजिक रहेकाहरुलाई वाइपास गर्न खोजिएको भन्दै सबैलाई सङ्गठित गराएर अगाडि बढ्न आग्रह गरे ।
सम्बन्धित

प्रतिक्रिया