मन्त्रिपरिषद् विस्तारबारे दाहाल-नेपालसँग प्रधानमन्त्रीको छलफल
नेपालखोज
२०७८ भदौ १३ गते ११:१८

काठमाडाैं । प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद् विस्तारबारे सत्ता साझेदार दलका शीर्ष नेताहरूसँग छलफल जारी राखेका छन् ।
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालसँग देउवाले छलफल गरिरहेका हुन् ।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा प्रधानमन्त्री देउवासँग माओवादी केन्द्र र एकीकृत समाजवादीका अध्यक्षहरुको छलफल चलिरहेको जनाइएकाे छ ।
सम्बन्धित

प्रतिक्रिया