शनिबार, जेठ ५, २०८१

काबुलमा फेरि विस्फोट, विमानस्थल कब्जामा लिने तालिबानको तयारी

नेपालखोज २०७८ भदौ १३ गते २१:२९

काठमाडौं । अफगानिस्तानको काबुल विमानस्थलनजिक फेरि अर्को विस्फोट भएको छ । आज (आइतबार) साँझ भएको विस्फोटमा भएको क्षतिको विवरण आउन बाँकी रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

अमेरिकी राष्ट्रपति जो बाइडेनले आज काबुल विमानस्थलमा विस्फोट हुन सक्ने बताएका थिए । यसअघि गत बिहीबार भएको भएको दुई विस्फोटमा एक सय ७० जनाको मृत्यु भएको थियो ।

तालिबानले अमेरिकी सेना अफगानिस्तान बाहिर जानेबित्तिकै काबुल विमानस्थल नियन्त्रणमा लिने अन्तिम तयारी गरेको जनाएको छ ।

अमेरिकाले अगस्त ३१ (पर्सि) सम्म सम्पूर्ण सैनिक फिर्ता गर्ने जनाएको छ । बेलायतले समेत आफ्नो अफगानिस्तान मिसन सकिएको बताएको छ ।

प्रतिक्रिया