मन्त्रिपरिषद् विस्तारबारे बालुवाटारमा गठबन्धनका नेताहरुको बैठक जारी

नेपालखोज २०७८ भदौ १४ गते १०:५१

काठमाडौं । मन्त्रिपरिषद् विस्तारबारे छलफल गर्न सत्ता गठबन्धनका नेताहरुको बैठक जारी छ । बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बसिरहेको हो ।

बैठकमा जसपाका अध्यक्ष उपेन्द्र यादव र डा बाबुराम भट्टराई, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड), नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपाल उपस्थित भएका छन् ।

प्रधानमन्त्री देउवाले मन्त्रिपरिषद् विस्तारबारे पछिल्ला केही दिनदेखि शिर्ष नेताहरूसँग संयुक्त छलफल गरिरहेका छन् ।

प्रतिक्रिया