पार्टी विभाजनविरुद्ध उभिन जनप्रतिनिधिलाई एमालेकाे निर्देशन

नेपालखोज २०७८ भदौ १४ गते १३:१९

काठमाडौंं । नेकपा एमालेले प्रदेशसभा सदस्य तथा स्थानीय तहका जनप्रतिनिधिहरूलाई पार्टी विभाजनविरुद्ध उभिन निर्देशन दिएको छ ।

अध्यक्ष केपी शर्मा ओलीको हस्ताक्षरमा पछिल्ला बैठकको निर्णय समेटेर जारी गरिएको अन्तर पार्टी निर्देशन (अपानी)मा पार्टीको पक्षमा सक्रिय भूमिका खेल्न आग्रह गरिएको छ ।

एमालेले प्रदेश, जिल्ला र मातहतका कमिटी र जनसंगठनहरुमा १० बुँदे कार्यान्वयनका लागि नेताहरुलाई जिम्मेवारी दिएको हो । २०७५ जेठ २ गते अघिकै पार्टीको संरचना अनुसार नेताहरुलाई जिम्मेवारी दिने १० बुँदे सहमति अनुसार त्यो सहमति कार्यान्वयन गर्न नेताहरुलाई जिम्मेवारी तोकिएको हो ।

१० बुँदे सहमति कार्यान्वयनका लागि प्रदेश १ मा भीम आचार्य, सुवास नेम्बाङ, शेरधन राई, देवराज घिमिरे र टंक आङबुहाङ तथा प्रदेश २ मा सत्य नारायण मण्डल, रघुवीर महासेठ, प्रभु साह, सुमन प्याकुरेल र ज्वाला कुमारी साहलाई जिम्मेवारी दिइएको छ ।

अपानीकाे पूर्णपाठ

प्रतिक्रिया