म एमालेको अध्यक्ष हुन योग्य छु : पोखरेल

नेपालखोज २०७८ भदौ १४ गते १७:२४

काठमाडौं । नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले पार्टी अध्यक्ष हुनमा आफू योग्य रहेको दाबी गरेका छन् ।

सोमबार सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले आफू क्षमता, निष्ठा, इतिहास र निरन्तरताका आधारमा एमालेको अध्यक्षका लागि योग्य रहेको जिकिर गरेका हुन् ।

तर उम्मेदवार हुने नहुने भन्ने देशको परिस्थिति र कार्यकर्ताको चाहनामा भर पर्ने उनले सुनाए ।

पोखरेलले सत्तारुढ गठबन्धनलाई ‘टालाटुली’को संज्ञा दिए । उनले सत्तारुढ गठबन्धन धेरै दिन टिक्न नसक्ने दावी समेत गरेका छन् ।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र एमालेभित्रको गुटबन्दीको कारण आफ्नो पार्टीमा विभाजन आएको उनको तर्क छ ।

सञ्चारकर्मीहरुले राखेका जिज्ञासाको जवाफ दिने क्रममा पोखरेलले इतिहास, निष्ठा, निरन्तरता र क्षमता सबै हिसावले आफू कुनै पनि जिम्मेवारी लिन सक्षम रहेको उल्लेख गरे ।

नेकपा एमालेको आगामी महाधिवेशन २०७९ साल बैशाख बैशाख १० गते भित्र सम्पन्न गरिसक्नु पर्नेछ ।

महासचिव पोखरेलले त्यसैको तयारीका लागि पार्टीले आगामी असोज पहिलो हप्ता विधान महाधिवेशनको आयोजना गरिएको पनि स्पष्ट पारे ।

प्रतिक्रिया