मंगलबार, वैशाख १६, २०८२

न्याय नपाए विद्रोह हुनसक्ने बेपत्ता परिवारको चेतावनी

नेपालखोज २०७८ भदौ १४ गते १९:३७

काठमाडौं । सरकारलाई बेपत्ता पारिएका पीडित परिवारका सदस्यहरुले न्याय नपाए विद्रोह हुनसक्ने चेतावनी दिएका छन् ।

बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग, नेपालले काठमाडौंमा आयोजना गरेको बेपत्ता पारिएको पीडितहरुको अन्तर्राष्ट्रिय दिवस २०७८ को सन्दर्भमा आयोजित अन्तरक्रिया कार्यक्रममा पीडित सदस्य सावित्री दूराले न्याय नपाए विद्रोह हुनसक्ने चेतावनी दिएकी हुन् ।

अन्तर्राष्ट्रिय सम्झौताहरुले न्याय नपाए बिद्रोह गर्न सक्ने अधिकार दिएको भन्दै पीडित दुराले सरकारले समयमानै न्याय दिनुपर्ने बताइन् ।

अन्तरक्रियामा बोल्दै पीडित सदस्य खुमा सुवेदीले राज्य छ कि छैन भनेर अनुभूति नभएको र आयोगले काम गर्न नसकेको उल्लेख गरिन् ।

पीडित राजु नेपालीले अधिकार मागेर नपाइने भए खोस्नुपर्ने बताए । उनले कोठा र होटलमा कार्यक्रम गरेर गरेर मात्रै काम नहुने भन्दै पीडितलाई अधिकार दिलाउने काम आयोगले गर्नुपर्ने बताए ।

प्रतिक्रिया