शनिबार, वैशाख २२, २०८१

सन्दर्भ : माधे संक्रान्ती

सुनील सापकोटा २०८० माघ १ गते ६:४७

माधे संक्रान्तीका दिन सूर्य दक्षिणबाट उत्तर दिशा तिर अघि बढ्छ । अर्थात सूर्य दक्षिणायनबाट उत्तरायण तर्फको गतिमा जान्छ । ज्योतिषशास्त्र अनुसार चंद्रमाको गतिको आधारमा महिनालाई दुई भागमा विभाजन गरिएको छ । एक कृष्ण पक्ष र अर्को शुक्ल पक्ष । यस्तै सूर्यको गतिलाई पनि दुई भागमा बाँडिएको छ । उत्तरायण र दक्षिणायन। उत्तरायणमा पृथ्वी प्रकाशमय मानिन्छ र दक्षिणायन अंधकारमय ।

उत्तरायणमा रातहरु छोटा र दिनहरु लामा हुन्छन् । हिन्दु शास्त्र अनुसार उत्तरायण देवताहरुको दिन अर्थात शुभ र दक्षिणायन देवताहरुको रात्रीको रात्रि अर्थात अशुभ मानिन्छ । भनिन्छ कि उत्तरायणको ६ प्रकाशमय महीनामा शरीर त्याग गरियो भने व्यक्ति पुनर्जन्मको बन्धन बाट मुक्त हुन्छ । येस्को विपरीत दक्षिणायनको अंधकारमय ६ महिनामा शरीर त्याग हुन्छ भने यो पृथ्वीमा पुनर्जन्म भइ रहन्छ । यो हिन्दुहरु को एक महत्त्वपूर्ण चाड हो । यो चाड भारत र नेपालमा बडो धुमधामका साथ मनाइन्छ । इश्वर वा देवताको अस्तित्व लाई स्विकार गर्नु पर्दा म सूर्य लाई चाहिँ एउटा ग्रहको रुपमा मात्र नमानेर एउटा साक्षात इश्वर वा देवताको रुपमा मान्छु ।

किनभने सूर्य बिना पृथ्वीमा जिवनको कल्पना नै गर्न सकिँदैन । त्यसैले यो हाम्रो आकाश गंगामा स्थापित हाम्रो सूर्यको भुमिका र महत्व बुझ्दै पृथ्वीमा पर्यावरण संतुलन कायम राख्दै सूर्यको आराधना गर्दै त्यस्को अस्तित्व प्रति मानि सहरुले आभार ब्यक्त गरुन् र खुशियाली मनाउन भन्ने हाम्रा ऋषिमुनी र पूर्वजहरुले यो पर्वको सुरुवात गरेका हुन कि जस्तो मलाई लाग्छ । यो मेरो निजी धारणा हो ।

हुनत मकर सन्क्रान्ती मा अनेकौं अनेक धार्मिक किंम्वदन्तीहरु र कथाहरु जोडिएका छन । त्यतातिर म जान्न । अन्त्यमा , म जस्तो साधारण मानिस जसलाई नधर्मको , नज्योतिषको , नखगोल शास्त्रको ज्ञान छ , नकुनै मोक्षको चाहना र बिश्वास छ। म जस्ता लाई त केवल तिलको लडडू , तरुल , चाकु , खिचडि र दहि चिउरा खाने मात्र ध्यान हुन्छ । यो हिन्दू संस्कृति हो। म यो पर्व मनाउछु। मलाई रमाइलो लाग्छ। धेरै के लेखुँ । माघे सन्क्रान्तीको सबैमा शुभकामना …. ।।

प्रतिक्रिया