आइतबार, वैशाख ३०, २०८१

मंगल ग्रह र हाड !

ओम आचार्य २०७८ भदौ १५ गते ८:०५

मंगल जातकलाई हड्डीसम्बन्धी रोग लाग्न सक्ने सम्भावना हुन्छ । हड्डीमा मुख्यत: मज्जा नामको रस हुन्छ जसले हड्डीलाई मजबुत तुल्याउँछ । खराब मंगल, मिथुन, कन्या तथा कर्कट राशिको मंगल हड्डी भाँचिनु आदिको कारक हो ।

ॐ क्रां क्रिं क्रौं सः भौमाय नमः
धर्मराज रक्षक मंगलले धर्म अथवा पवित्र मार्गको रक्षाको पनि भूमिका निर्वाह गर्छ । कुण्डलीमा शक्तिशाली मंगलले व्यक्तिलाई प्रयास गर्नका लागि ऊर्जा, इच्छा, आत्माविश्वास र स्वतन्त्रता प्रदान गर्छ ।

कुण्डलीमा शक्तिशाली र सही स्थानको मंगलले जीवनका कठिनाइ र शत्रुहरूसँग सामना गर्ने असिम इच्छा शक्ति र साहस प्रदान गर्छ । यसले मानिसमा निखार ल्याई उद्यम सुरु गर्ने प्रवलता दिन्छ । शुभ मंगलले आफ्नो शरीरमा नियन्त्रण, आक्रामकता र आध्यात्मिक योद्धाको गुण दिन्छ किनभने मंगल धर्मको रक्षक पनि हो ।

मंगल विशेष गरेर पुरुषको प्रजनन प्रणाली र शुक्राणु उत्पादनसँग सम्बन्धित हुन्छ, वयस्क जीवनमा पुरुषहरूको यौन विशेषताहरूको विकासमा पनि मंगलको प्रभाव पर्छ ।

प्रतिक्रिया