कांग्रेस वरिष्ठ नेता पौडेल समूहको बैठक बस्दै

नेपालखोज २०७८ भदौ १५ गते १५:१०

काठमाडाैँ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल समूहको बैठक बस्दै छ । बैठकमा १४ औं महाधिवेशनमा आफ्नो पक्षबाट सभापतिको उम्मेदवार चयन गर्नेलगायतका विषयमा छलफल हुनेछ ।

पौडेलले सभापति शेरबहादुर देउवा देउवाइतर समूहबाट साझा उमेदवार चयनका लागि आफ्नै निवास बोहोराटारमा आकांक्षीहरूलाई डाकेका हुन् ।

पौडेल निवासमा पुगेका नेताहरूले आ–आफ्नो सबल पक्ष राख्दै देउवालाई हराउन आफू नै उम्मेद्‌वार हुनुपर्ने दाबी गरिरहे पनि पौडेलले भने अघिल्लो महाधिवेशनमा पनि महाधिवेशन प्रतिनिधिले आफूलाई चाहेर पनि केही नेताहरूको ‘सेटिङ’मा हराइएको भन्दै सभापतिमा आफू उठ्दा सबैलाई समेट्न सक्ने र नेता–कार्यकर्ताहरूले पनि देउवा प्रवृत्तिको विकल्पका रूपमा आफूलाई मतदान गर्ने दाबी गरेका छन् ।

बैठकमा कांग्रेस महामन्त्री डा. शशांक कोइराला, पूर्वमहामन्त्री प्रकाशमान सिंह, पूर्वसहमहामन्त्रीद्वय डा. रामशरण महत र अर्जुननरसिंह केसी, केन्द्रीय सदस्यद्वय बलबहादुर केसी र डा. शेखर सहभागी हुने बताइएको छ ।

प्रतिक्रिया