नेपालमा आज कति संक्रमित थपिए ?

नेपालखोज २०७८ भदौ १५ गते १७:३४

काठमाडौं । आज देशभर थप १,६६४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ९,११७ पीसीआर परीक्षणमा १,५२३ र ३,१०५ एन्टीजेन परीक्षणमा १४१ जना गरी कुल १६६४ जनामा संक्रमण पुष्टि भएको हो ।

मंगलबार (आज) थपिएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ७ लाख ६२ हजार ६४७ पुगेको छ । १७८६ जना भने संक्रमणमुक्त भएका छन् । यस्तै संक्रमणका कारण २० जनाको मृत्यु भएको छ । योसँगै नेपालमा मृत्‍यु हुनेको संख्या १० हजार ७५० पुगेको छ ।

मन्त्रालयका अनुसार हाल देशभर सक्रिय संक्रमितको संख्या ३५ हजार ५९१ पुगेको छ । जसमध्ये ३३ हजार २१४ जना होम आइसोलेसनमा रहेका छन् भने २ हजार ३७७ जना संस्थागत आइसोलेसनमा रहेका छन् । कोरोनाका बिरामीमध्ये ५३७ जना आईसीयू र १६४ जना भेन्टिलेटरमा उपचाररत् छन् । यस्तै १० वर्ष मुनिका ४७ बालबालिकामा कोरोना संक्रमण पुष्टि भएको छ भने ११ देखि २० वर्ष उमेर समूहका १ सय १६ जना कोरोना संक्रमित थपिएका छन् ।

यस्तै काठमाडौं उपत्यकामा ५६४ जनालाई संक्रमण देखिएको छ। मन्त्रालयका अनुसार आज काठमाडौंमा ४१३, भक्तपुरमा ६४ र ललितपुरमा ८७ जना संक्रमित थपिएका हुन्। यस्तै काठमाडौं उपत्यकामा ९०३८ सक्रिय संक्रमित छन्। जसमध्ये काठमाडौंमा ५४९१, ललितपुरमा २१९६ र भक्तपुरमा १३५१ सक्रिय संक्रमित रहेका छन्।

प्रतिक्रिया