हुन्डी कारोबारमा संलग्न दुईजना पक्राउ
नेपालखोज
२०७८ भदौ १५ गते २१:३१

काठमाडौं । काठमाडौं महानगरपालिका १४, कुलेश्वरस्थित फलफूल बजारबाट अवैध हुन्डी कारोबारमा संलग्न रहेको अभियोगमा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । नगद ३० लाख ७ हजार रुपैयाँसहित उनीहरुलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा काभ्रे चौरीदेउराली गाउँपालिका ३ घर भई सोही बजारको स्टल नम्बर १८ मा फलफूल व्यवसाय गर्ने ३४ वर्षीय मीनप्रसाद गौतम र उक्त पसलमा काम गर्ने रमेश तिमिल्सेना छन् ।
मीनप्रसादले हुन्डी कारोबार गरेको भन्ने सूचनाका आधारमा महानगरीय प्रहरी वृत्त कालीमाटीबाट खटिएको प्रहरीले जाँच गर्नेक्रममा रमेशले हुन्डी कारोबारमा प्रयोग भएको उक्त नगद फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।
-प्रतीकात्मक तस्बिर
सम्बन्धित

प्रतिक्रिया