शनिबार, वैशाख २९, २०८१

कविता : मान्छेको डर

बसन्त बस्नेत २०८० भदौ २९ गते १०:०८

मान्छे, मान्छे देखि डराउँछ,
त्यसैले ठुला, ठुला पर्खाल बनाउँछ,
पर्खाल भित्र कुकुर पाल्छ,
आफू तालाको सुरक्षामा घर भित्र बस्छ,

मान्छे, मान्छे सँग डराउँछ,
त्यसैले त देवताको कथा सुनाउँछ,
देवता बनाउँछ,
अँध्यारा रात लाई छेक्ने बत्ती बनाउँछ,
खुकुरी, तरबार, बन्दुक बनाउँछ,
कसैले मार्छ कि, भन्ने पनि डराउँछ,
साँच्ची मान्छे, मान्छे सँग डराउँछ ।

प्रतिक्रिया