शतक रक्तदाता कर्माचार्यलाई सम्मान

नेपालखोज २०७८ भदौ १६ गते ६:१२

काठमाडौं । १६७औं पटक रक्तदान गरिसकेका नेपाल स्वयंसेवी रक्तदाता समाजका केन्द्रीय अध्यक्ष तथा स्वयंसेवी शतक रक्तदाता प्रेमसागर कर्माचार्यलाई एक कार्यक्रममा सम्मान गरिएको छ ।

ब्राइट बचत तथा ऋण सहकारी संस्था लिमिटेडले आफ्नो स्थापनाको २२‍औं वर्षको अवसरमा राजधानीमा आयोजित विशेष कार्यक्रममा कर्माचार्यलाई ५० हजार रुपैयाँ नगदसहित सम्मान गरेको हो ।

स्वयंसेवी शतक रक्तदाता कर्माचार्यलाई राष्ट्रिय सहकारी महासंघका निवर्तमान अध्यक्ष केशव बडालले ताम्रपत्र हस्तान्तरण गरेका थिए । सहकारीका अध्यक्ष रामइन्द्र न्यौपानेले फूलको माला र सल ओढाएर सम्मान गरे भने प्रबन्धक निर्देशक लक्ष्मण न्यौपानेले ५० हजार रुपैयाँको चेक हस्तान्तरण गरे ।

कार्यक्रममा सहकारीका मोती घिमिरेले गलबन्दी लगाएर कर्माचार्यलाई सम्मान गरेका थिए । कार्यक्रममा सहकारीका संस्थापक सदस्य विनोद गिरी र नवराज केसीलाई पनि सम्मान गरिएको थियो । रमेप्रसाद पाण्डे, बालकुमार बास्तोला,सन्तोष पाण्डे र सुरेश घिमिरे, डा. घनश्याम खतिवडालगायतको सहभागिता थियो ।

प्रतिक्रिया