बिहीबार, जेठ २, २०८२

सुनचाँदीकै मूल्य घट्याे, कतिमा हुँदै छ काराेबार ?

नेपालखोज २०७८ भदौ १६ गते १०:४६

काठमाडौं । नेपाली बजारमा आज (बुधबार) सुनचाँदीकै भाउ घटेको छ । छापावाल सुन आज दुई सय रुपैयाँले घटेर प्रतितोला ९१ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

अघिल्लो दिन छापावाल सुन तोलाको ९१ हजार दुई सय रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै महासंघका अनुसार आज तेजाबी सुनको मूल्य पनि दुई सय रुपैयाँले घटेर ९० हजार पाँच सय रुपैयाँ कायम भएको छ । हिजो तेजाबी सुन ९० हजार सात सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यसैगरी चाँदीको मूल्य पनि आज घटेको छ । चाँदी आज तोलाको १ हजार १९५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । मंगलबार चाँदी १ हजार २०५ रुपैयाँमा कारोबार भएको थियो ।

प्रतिक्रिया