भारतलाई जित्नकै लागि खेल्नेः अलमुताइरी
नेपालखोज
२०७८ भदौ १६ गते १२:५१

काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले भारतलाई जित्ने बताएका छन्।
आज(बुधबार)आयोजित प्रि-म्याच कन्फरेन्समा बोल्दै उनले भारत धेरै बलियो आफूहरु बराबरीको लागि नभई जित्नको लागि खेल्ने बताएका हुन्।
नेपालले भारतसँग भोलि (बिहीबार) पहिलो मैत्रीपूर्ण खेल खेल्नेछ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने मैत्रीपूर्ण खेल ५ः३० बजे सुरु हुनेछ ।
यस्तै नेपालले भारतसँग दोस्रो खेल आइतबार (२० गते) खेल्नेछ ।
माल्दिभ्समा आयोजना हुने साफ च्याम्पियनसिपको तयारीका लागि नेपालले भारतसँ मैत्रीपूर्ण खेल खेल्न लागेको हो।
साफ च्याम्पियनसिप अक्टोबर १ देखि १६ (असोज १५ देखि ३०) गतेसम्म आयोजना हुनेछ।
सम्बन्धित
प्रतिक्रिया