अब रातमा समेत गति नियन्त्रण अभियान

नेपालखोज २०७८ भदौ १६ गते १४:५५

काठमाडौ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले रातको समयमा तिब्र गतिका कारणले हुने सडक दुर्घटना न्यूनिकरण गर्न ‘नाइट भिजन लेजर स्पीड गन सहितको चेकिङ्ग शुरु गरेको छ ।

बिशेषगरि कोटेश्वर–सुर्यबिनायक सडक, रिङ्गरोड र चौडा सडकहरुमा सवारी दुर्घटना हुने गरेको तथ्यलाई मध्यनजर गर्दै ट्राफिक प्रहरीले दिनको समयमा लेजर गनको प्रयोग गरि तिब्रगति नियन्त्रणको अभियान शुरु गर्दै आएको छ ।


दैनिक रुपमा दिउँसो हुने चेकिङ्गमा तिब्रगतिमा सवारी चलाउने ३५, ४० जना चालकहरुलाई लेजर गन मार्फत कारबाही गर्दै आएका छौ, अब भने रातको समयमा समेत ओभरस्पिड चेकिङ्ग गरिगति नियन्त्रण गर्ने अभियान पहिलो पटक शुरु गरिएको हो ।

तिब्रगतिमा सवारी चलाउने चालकहरुलाई कारबाहीको साथै सचेत गराएको महाशाखा प्रमुख एसएसपी जनक भट्टराईले जानकारी दिए । उनले आज रातीदेखी नाइट भिजन लेजर स्पीड गनको प्रयोग शुरु गरेको र यसले तिब्रगति नियन्त्रणका साथै रातको समयमा हुने दुर्घटना न्युनिकरणमा उल्लेख्य भूमिका निर्बाह गर्ने बिश्वास व्यक्त गरेका छन् । ।
स्पीड गन प्रयोगमा ल्याएकै दिन सातदोबाटो ग्वार्को क्षेत्रमा ओभर स्पीडमा सवारी चलाउने धेरै सवारी चालकहरुलाई नियन्त्रणमा लिई सचेत गराएको उनले बताए । यस्तै अब नाईट स्पीड चेकिङ्गलाई कडाईका साथ लगिने समेत महाशाखाले जानकारी दिएको छ । तिब्रगतिमा सवारी साधन चलाउँदा आफुलाई मात्र नभइ अन्य सडक प्रयोगकर्तालाई समेत जोखिम हुने र दुर्घटनाको सम्भावना अत्याधिक हुने भएकोले तिब्रगति र लापरबाहीका साथ सवारी नचलाउन सम्पुर्ण सवारी चालकहरुलाई ट्राफिक प्रहरी महाशाखाले बिशेष अनुरोध गरेको छ ।

प्रतिक्रिया