क्रिप्टोकरेन्सीमा गिरावट !

नेपालखोज २०७८ भदौ १६ गते १६:२३

काठमाडौं । ग्लोबल क्रिप्टोकरेन्सी मार्केटमा हिजो मंगलबार अर्थात् ३१ अगस्त २०२१ मा पनि गिरावट जारी रह्यो । ग्लोबल क्रिप्टोकरेन्सीको मार्केट १.९८ ट्रिलियन डलरसम्म तल झरेको बताइन्छ ।

गएको दिन यसमा ५.१९ प्रतिशतको ठूलो गिरावट दर्ता भएको थियो । क्रिप्टो Volume को हिजोको मूल्य १०३.०८ विलियन डलर रहेको बताइन्छ । संसारको सबैभन्दा ठूलो क्रिप्टोकरेन्सी कम्पनी बिटक्वाइनमा हिजो पनि ठूलो गिरावट देखियो । बिटक्वाइनको मूल्य झरेर ४६,८३०.९५ डलरसम्म पुग्यो । यसमा हिजो मात्र ३.६१ प्रतिशतको गिरावट आएको थियो ।

बिटक्वाइनमा लगातार उतारचढाव देखापरिरहेको छ । यसमा गएको एक सातामा ४.७५ प्रतिशतको गिरावट दर्ता भएको छ । अघिल्लो साता बिटक्वाइनमा निकै तेजी आएको थियो । यसले तीन महिनामा पहिलोपटक ५० हजार डलरभन्दा बढीमा कारोबार गर्न थालेको थियो । अप्रिल महिनामा यसको कारोबार ६५,००० डलरभन्दा माथिमा भइरहेको थियो ।

Dogecoin क्रिप्टोकरेन्सिमा हिजो ४.३१ प्रतिशतको गिरावट देखियो र यसको कारोबार ०.२७ डलरसम्म पुग्यो । अर्को क्रिप्टोकरेन्सी Ether मा भने ०.३४ प्रतिशतको वृद्धि देखिएको छ । Ether ले हिजो ३,२०६.२३ डलरमा ट्रेड गर्‍यो । Stellar, Uniswap, XRP, Litecoin, Cardano जस्ता क्रिप्टोकरेन्सी कम्पनिको कारोबारमा पनि उतारचढाव देखिएको छ ।

क्रिप्टोकरेन्सि Cardano मा ४.९१ प्रतिशतको गिरावट आएको छ । यसले २.७३ डलरमा ट्रेड गरिरहेको छ । Binance क्वाइनमा ५.२३ प्रतिशत गिरावट देखिएको । यसको कारोबार ४५३.२९ डलरमा भइरहेको छ । अर्को क्रिप्टोकरेन्सी Polkadot मा २.३८ प्रतिशतको बढोत्तरी दर्ता भएको छ । यसले हिजो २६.०५ डलरमा ट्रेड गरिरहेको थियो । क्रिप्टोकरेन्सीमा Solana भने १४.७७ प्रतिशतको ठूलो तेजी देखिँदै हिजो यसले ११३.०५ डलरमा ट्रेड गर्‍यो ।
-अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुको सहयोगमा ।

प्रतिक्रिया