शुक्रबार, चैत १६, २०८०

लुम्बिनी प्रदेशसभाको बैठक स्थगित

नेपालखोज २०७८ भदौ १७ गते १०:४४


काठमाडाैं । लुम्बिनी प्रदेशसभाको आजका लागि तय भएको नवौँ अधिवेशनको पाँचौँ बैठक सूचना टाँस गरी स्थगन गरिएको छ ।

बैठक भदौ ३० गतेसम्मका लागि स्थगन गरिएको हो । मुख्यमन्त्री कुलप्रसाद केसीका नेतृत्वमा नयाँ सरकार गठन भएपछि बाेलाइएकाे नवौँ अधिवेशनको बैठक नेकपा (एमाले)को अवरोधका कारण पटक–पटक स्थगन हुँदै आएको छ ।

आफ्नो पार्टीले कारबाही गरेका विमलाकुमारी वली र अजय शाहीलाई कारबाही गर्नुपर्ने माग गर्दै एमालेले बैठक अवरुद्ध गर्दा बैठक स्थगन हुँदै आएको थियो । भदौ ७ गते मुख्यमन्त्रीले विश्वासको मत लिने बेलामा भने एमालेले प्रदेशसभा बैठक बहिष्कार गरेको थियो ।

मुख्यमन्त्रीले विश्वासको मत लिएपछि बैठक आजसम्म स्थगन भएको थियो । रासस

प्रतिक्रिया