गोस्वामी लोकतान्त्रिक समाजवादी पार्टीमा

नेपालखोज २०७८ भदौ १७ गते १३:०४

काठमाडाैं । प्रदेश २ मा जनता समाजवादी पार्टी (जसपा)का उपेन्द्र यादव नेतृत्वको तत्कालीन मधेशी जनअधिकार फोरम नेपालबाट प्रदेश सभामा निर्वाचित प्रह्लाद गिरी गोस्वामीले महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) रोजेका छन् ।

तत्कालीन उपेन्द्र यादव नेतृत्वको फोरम नेपालबाट जितेर ठाकुर नेतृत्वको दलमा लाग्ने गोस्वामी पहिलो सांसद हुन् ।

उनले पर्सा क्षेत्र नम्बर ३ को ‘ख’ बाट चुनाव जितेका थिए । गोस्वामीले बिहीबार (आजै) निर्वाचन कार्यालय पुगेर सनाखत गर्ने बताएका छन् ।

आफुलाई मधेश र मधेशी भनेपछि गौरव लाग्ने बताउँदै उनले उपेन्द्र यादवले मधेशको मुद्दा त्यागेपछि लोसपा रोजेको बताए ।

जसपाका १० सांसदहरुले बुधबार(हिजाे) नै लोसपा रोजेका थिए । परमेश्वर साह, सरिता साह, बाबुलाल साह, जानकीशरण शाह, जयनुल राइन, अलका झा, बबिता कुमारी, निलम देवी भुमिहारिन, रमेश प्रसाद कुर्मी र गौरीनारायण साहले लोसपा रोजेका हुन् ।

प्रतिक्रिया