तनहुँ र दाङका प्रमुख जिल्ला अधिकारीलाई गृहमन्त्रीको टेलिफोन

नेपालखोज २०७८ भदौ १७ गते १३:२०

काठमाडाैं । गृहमन्त्री बालकृष्ण खाँणले कास्की, तनहुँ र दाङका प्रमुख जिल्ला अधिकारीलाई टेलिफोन गरी पहिरोले पुर्‍याएको क्षतिबारे जानकारी लिएका छन् ।

बिहीबार (आज) उनले कास्कीका प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतम र तनहुँका प्रमुख जिल्ला अधिकारी सागर आचार्यसँग लगातारको वर्षात पछिको पहिरोले पुर्‍याएको क्षतिबारे जानकारी लिएका हुन् ।

यस्तै दाङमा बिहीबार (आजै) बिहान भएको कार दुर्घटनाबारे प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङसँग पनि जानकारी लिएका छन् ।
मन्त्री खाँणले प्राकृत्तिक विपत्तिमा परेका नागरिकको जीवनको रक्षाका लागि उपलब्ध स्रोत साधनको उपयोग गरेर काम गर्न निर्देशन दिएकाे बताइएकाे छ ।

यस्तै खाँणले टेलिफोनमा जिल्लाको भानु नगरपालिका–११ मानेचौकामा गएको सुख्खा पहिरोबारे जानकारी समेत लिएका छन् ।

प्रतिक्रिया