आइतबार, वैशाख २३, २०८१

प्रदेश १, २, वाग्मती र गण्डकीमा मध्यम वर्षाको सम्भावना

नेपालखोज २०७८ कार्तिक ८ गते ६:०४

काठमाडौं । आज देशभर बिहानैबाट आंशिक बदली छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार प्रदेश १, २, वाग्मती र गण्डकी प्रदेशका केही स्थानमा मेघगर्जनसहित वर्षाको सम्भावाना छ ।

आज देशका धेरै स्थानमा सामान्य वर्षा हुन सक्ने र उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

आज राति गण्डकी, वाग्मती र प्रदेश १ का एक-दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । प्रदेश १, वाग्मती तथा गण्डकीका उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानमा हिमपात हुनसक्ने बताइएको छ ।

देशभर हिमपात र वर्षा निरन्तर भइरहेकाले सचेत रहन महाशाखाले सर्वसाधारणलाई अनुरोध गरेको छ ।

प्रतिक्रिया