आफ्नो पक्ष एक ठाउँमा हुने पौडेल समूहकाे दाबी

नेपालखोज २०७८ भदौ १७ गते १६:३५

काठमाडाैं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल समूहले आफ्नो पक्ष एक ठाउँमा हुने र सभापतिसहित एउटै प्यानलमा महाधिवेशनमा होमिने दाबी गरेका छन् ।

बिहीबार (आज)पत्रकार सम्मेलन गरी पौडेलले आफूसहितको टिमले सामूहिकतामा विश्वास गर्ने भन्दै अब सामूहिक निर्णय गरेर एउटै उम्मेदार बनाउनेमा सहमति जुटेको बताए ।

उनले भने “हामी सामूहिकतामा विश्वास गर्छौँ, सामूहिक निर्णयबाटै सभापतिको साझा उमेदवारसहित एउटै प्याालन बनाएर महाधिवेशनमा जानेछौँ,” पत्रकार सम्मेलनमा पौडेलले भने, “हाम्रो एकता कसैले कमजोर पार्न सक्ने छैन ।”

उनले कांग्रेसलाई कार्यकर्ताको विश्वास र जनताको भरोसाको केन्द्र बनाउने गरी १४औँ महाधिवेशनमा आफ्नो समूह आउने दाबी समेत गरेका छन् ।

यहाँसम्म आइपुग्न पनि धेरै संघर्ष गर्नुपरेको बताउँदै उनले पार्टीको क्रियाशील सदस्यता वितरणसमेत पद्धतिसंगत होस् भनेर पनि संघर्ष गर्नुपरेकाे उनकाे भनाइ छ ।

प्रतिक्रिया