बिहीबार, जेठ २, २०८२

नेपाल र भारतबीचको मैत्रीपूर्ण खेल बराबरीमा

नेपालखोज २०७८ भदौ १७ गते १९:५४
तस्बिर रासस

काठमाडौं । अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा नेपाल भारतसँग १(१ को बराबरीमा रोकिएको छ । दशरथ रंगशालामा अन्जन विष्टले पहिलो हाफमा गोल गर्दै नेपाललाई अग्रता दिलाएका थिए । दोस्रो हाफमा भारतका लागि अनिरुध थापाले बराबरी गोल फर्काए ।

नेपाल र भारतबीच सन् २०१७ मा मुम्बईमा पछिल्लो मैत्रीपूर्ण खेल हुँदा नेपाल २(० ले पराजित भएको थियो । दशरथ रंगशालामा भने सन् २०१५ पछि यी दुई टोली पहिलो पटक खेलेका हुन् ।

३६ औं मिनेटमा अन्जन विष्टले गोल गर्दै नेपाललाई अग्रता दिलाए । नेपाल र भारतबीच अर्को खेल आइतबार हुनेछ ।

प्रतिक्रिया